जन आकाश
धनगढी । कैलालीमा साढे ३ किलो लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–४ बाट बझाङको बुङ्गल नगरपालिका–२ घर भई कञ्चनपुरको कृष्णपुर बस्ने ३५ वर्षीय गोरे धामीलाई चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले धामीले चलाएको से २ प २८५७ नम्बरको मोटरसाइकल जाँच गर्दा चरेस फेला परेपछि उनलाई पक्राउ गरिएको बताए ।
उनको साथबाट साढे ३ किलो चरेस बरामद भएको बरालले बताए । धामीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend