जन आकाश
काठमाडौँ— पीडित परिवार हरूले इजरायलमा जारी द्वन्द्वको चपेटामा परेका आफन्तहरूलाई तत्काल उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् । आईतबार साँझदेखि उद्धारको पर्खाइमा रहेको नेपाली विद्यार्थीहरु जोखिम क्षेत्रमा रहेका छन् ।
सोमबार बिहान परराष्ट्र मन्त्रालयमा पुगेर पिडित परिवार हरुले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्वन्द्वको चपेटामा परेका विद्यार्थीहरूको तत्काल सुरक्षित ढंगले नेपाल ल्याउन आग्रह गरेका हुन् ।
हमासले आक्रमण गरेको गाजा क्षेत्र नजिकै रहेका उनीहरू आक्रमणको सिकार हुने डरले आत्तिइरहेकाले तत्काल सुरक्षित ढंगले उद्धार गर्न मन्त्री साउदलाई आग्रह गरेको पिडित परिवारले बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गरेका लोकेन्द्र, रमेश कार्कीसहितका नौ जना विद्यार्थीहरू अध्ययनका लागि इजरायल गएका थिए ।
उनीहरूसँग आधा–आधा घण्टामा सम्पर्क हुने गरेको तर आक्रमणको डरले तनावमा रहेकाले सरकारले उनीहरूलाई सुरक्षित ढंगले नेपाल फिर्ता ल्याउन ढिलाइ नगर्न पनि पिडित परिवारले सरकारलाई आग्रह गरेका छन् ।
नेपालीहरू बंकरमा रहेको स्थानबाट करिब २५५ किलोमिटर भित्र रहेकाले उनीहरूलाई यथाशीघ्र बंकरमा पठाउन पहल गर्नका लागि सरकारसँग आफन्तहरूले आग्रह गरिरहेका छन् । छिटो हामीलाई उद्धार गर भनेर हामीलाई बारम्बार तनाव दिइरहेका छन् । फोन गरिरहेका छन् । सुरक्षित ढंगले छिटो हाम्रा बच्चाहरूलाई फिर्ता गराइदेउ सरकार भनि सरकार संग गुहारमागेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend