logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अर्थतन्त्र सुधारका उपायबारे आज छलफल हुँदै


  • जन आकाश
  • सोमबार, मंसिर ४ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधारका उपायबारे आज छलफल गर्दैछन् ।



अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्र बैंक लगायत सरकारी निकायका प्रतिनिधिहरूलाई अपराह्न ४ बजे छलफलमा बोलाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने छलफल अर्थतन्त्रको वर्तमान अवस्था, निजी क्षेत्रका सुझाव र सुधारका लागि सरकारले गर्नुपर्ने निर्णयका विषयमा केन्द्रित हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ ।

१ मंसिरमा तनहुँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘मंसिर ४ गते मैले अर्थतन्त्र सुधार्न वृहत् बैठक बोलाएको छु । त्यो बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुनेछ । उक्त बैठकले ठोस प्याकेज घोषणा गर्नेछ र अर्थतन्त्रमा सुधार ल्याइनेछ ।’

प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गर्ने बेला देशको अर्थतन्त्र चुनौतिपूर्ण रहे पनि अहिले राम्रो सुधार आएको तर दबाबमुक्त भने भनइसकेको पनि बताएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend