logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

माइतीघरमा टिकटकरहरुको प्रदर्शन


  • जन आकाश
  • सोमबार, मंसिर ४ २०८०

काठमाडौँ । सरकारले टिकटक प्रतिबन्ध गरेको विरोधमा  राजधानीको माइतीघर मण्डलामा टिकटकरले प्रदर्शन गरेका छन् । उनीहरूले सरकारको विरोधमा विभिन्न नारा अंकित प्लेकार्डसहित प्रदर्शन गरेका हुन् ।



‘जनताको बोल्ने अधिकारको सुनिश्चित गर, टिकटक होइन जाजरकोटलाई ध्यान दे, टिकटक प्रतिबन्ध खारेज गर, सर्वोच्च अदालत कहाँ छ । लगायतका नारा अंकित प्लेकार्डमा उत्रिएका उनीहरुले सरकार विरुद्ध नाराबाजी गरेका छन् । टिकटकरहरुले प्रदर्शन गर्दै गर्दा सोमबार नै सर्वोच्चमा टिकटक प्रतिबन्धविरुद्ध दायर रिटमा सुनुवाइ पनि हुँदै छ । टिकटक प्रतिबन्धविरुद्ध परेका १० रिटको सुनुवाइ न्यायाधीश डा .कुमार चुडालको इजलासमा तोकिएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend