जन आकाश
रामेछाप । गर्जाङ्ग खिम्ती समाज सेवा समुहले देउसी भैलो कार्यक्रमबाट रु १ लाख ७४ हजारभन्दा बढी रकम संकलन गरेको छ ।
गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा अवस्थित गर्जाङ्ग खिम्ती सेवा समुहले २०८० सालको शुभदिपावलीको अवसरमा ३ दिन देउसी भैलो कार्यक्रम सञ्चालन गरेको थियो । सो अवसरमा उक्त संस्थाले १ लाख ७४ हजार १०५ रुपैयाँ जम्मा गरेको हो ।
यस समुहले कार्तिक महिनाको २७, २८ र २९ गते गर्जाङ्ग, धौले, चाके खरानेटार बजार र छिमेकी जिल्लाको दोलखाको जिरी नगरपालिका १ पुम्पामा संस्थाका सदस्यसहित अन्य बुद्विजिवी व्यक्ति, केटाकेटीहरुको सहभागितामा देउसीभैलो कार्यक्रम सञ्चालन गरेको थियो । संस्थाको मंसिर १ गते बसेको समितिको बैठकले उक्त रकम जम्मा भएको जानकारी गराउनुको साथै विविध निर्णय गरेको संस्थाका अध्यक्ष श्यामकुमार कार्कीले जानकारी दिए ।
उहाँले प्राचिन कला र सस्कृतिलाई जगेर्ना गर्ने र संस्थाको आर्थिक अवस्थामा सुधार गर्ने उदश्यले देउसी भैलो कार्यक्रम संचालन गरेको बताए । साथै मंसिर १ गतेको बैठकले उक्त रकम खातामा जम्मा गर्ने र भविष्यमा आईपर्ने समस्यामा खर्च गर्ने निर्णय गरेको छ । यस्तै बैठकले विभिन्न उपसमितिहरु समेत चयन गरेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend