जन आकाश
काठमाडौं । माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् ।
उनीहरू श्रीमान् श्रीमती हुन् । सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्याए पनि ५ :२३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend