जन आकाश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
उहाँहरुबीच विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको दिन भेटवार्ता भएका हो । प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शान्ति सम्झौताको १७ वर्षमा भएका प्रगति र अनुभवको समीक्षा तथा आगामी दिनको योजना बनाउन उहाँहरुबीच छलफल भएको हो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend