logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ मा हुने प्रदर्शनको अनुगमन गर्ने


  • जन आकाश
  • बुधबार, मंसिर ६ २०८०

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले मंसिर ७ गते हुने प्रदर्शनको अनुगमन गर्ने भएको छ ।



मंसिर ७ गते व्यवसायी दुर्गा प्रसाईं र महेश बस्नेतको घोषित कार्यक्रममा हुनसक्ने सम्भावित घटनाको निरीक्षण गर्न आग्रह गर्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले मानव अधिकार अयोगलाई बुझाएको ज्ञापन पत्र ग्रहण गरेसँगै मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अनुमगन गर्ने बताएका हुन् ।

‘मानव अधिकार आयोगले गर्नुपर्ने मानव अधिकार संरक्षण, संवद्र्धन, प्रवद्र्धन हामी गर्नेछौं,’ मगरले भने, ‘जे कुरा पनि शान्तिपूर्ण हुनुपर्छ । हामी टोली भएर अनुगमनमा जानेछौँ । हाम्रो विभाग छ, धेरै ठाउँमा छन् । हामी विभागअन्तर्गत हाम्रो लोगो लगायत लगाएर हामी अनुगमनमा जानेछौँ ।’

कुनै कुनै किसिमबाट हिंसा भड्किन नदिन आयोगबाट सक्दो पहल गर्ने उनले बताए । अध्यक्ष मगरले कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु नहुनेमा जोड दिए । ‘कसैले पनि आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन गर्नु हुँदैन । त्यो अनुसार हामी अघि बढ्नुपर्छ,’ उनले भने, ‘कुनै किसिमबाट हिंसा भड्किन गयो भने हामी त्यसमा सतर्क छौं ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend