जन आकाश
काठमाडौँ । बिहीबार हुने प्रदर्शनको कारण बल्खु र तीनकुने आसपासमा सड्क अवरुद्ध हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
बल्खुमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ ले प्रदर्शन आयोजना गरेको छ । नेकपा (एमाले) निकट युवा सङ्घले काठमाडौँको तीनकुनेमा प्रदर्शन आयोजना गरेको छ ।
युवा सङ्घले सल्लाघारीबाट जुलुस निकालेर साढे १० मा तीनकुने पुग्ने गरी प्रशासनसँग समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतले बताए । प्रसाईँ नेतृत्वको समूहले बिहान सवा १० बजेपछि भक्तपुरसहित उपत्यकाका ७ ठाउँबाट जुलुस निकाल्ने कार्य योजना सार्वजनिक गरेको छ ।
जुलुस सुरु भएपछि ती रुटमा चल्ने सवारी–साधन सञ्चालनमा डिस्टर्व हुनसक्ने उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend