logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

तीनकुनेमा एमालेका युवा–विद्यार्थीको प्रदर्शन


  • जन आकाश
  • बिहिबार, मंसिर ७ २०८०

 काठमाडौं । नेकपा एमालेको युवा तथा विद्यार्थीले बिहीबार काठमाडौंको तिनकुनेमा प्रदर्शन गरेका छन् ।



राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुको आयोजनामा भएको प्रदर्शनमा एमालेका नेता, विभिन्न जनवर्गीय संगठनका सदस्यहरु सहभागी छन् । एमालेले यो कार्यक्रमको नाम सरकार र अराजकतावादीविरुद्ध युवा विद्यार्थी प्रदर्शन भनेको छ ।

युवा संघले माइतीघरमा प्रदर्शनको कार्यक्रम राखे पनि सरकारले निषेधाज्ञा घोषणा गरेकाले तिनकुनेमा प्रदर्शन गरेको हो । बिहीबार नै दुर्गा प्रसाईंको नेतृत्वको समूहले पनि काठमाडौंको बल्खुमा प्रदर्शन गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend