logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बल्खु चोकबाट प्रहरीले हटायो प्रदर्शनकारीहरुको दौडधुप


  • जन आकाश
  • बिहिबार, मंसिर ७ २०८०

काठमाडौं ।  प्रहरीले बल्खु चोकबाट प्रदर्शनकारीहरूलाई हटाएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षधरलाई कार्यक्रम गर्न त्रिवि परीक्षा नियन्त्रण कार्यालय नजिकै सडक तोकेको थियो ।



तर प्रदर्शनकारीहरू बल्खु चोक हुँदै कालिमाटीतर्फ जान लागेका थिए । प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरी प्रदर्शनकारीहरूलाई बल्खु चोकबाट हटाएको छ । प्रदर्शनकारीहरू पुन: प्रशासनले तोकेको क्षेत्रतर्फ पुगेका छन् ।  तोकिएको क्षेत्रभन्दा बाहिर आएका प्रदर्शनकारीहरू र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो। प्रदर्शनकारीहरूले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेर भिडलाई तितरबितर पारेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend