logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु


  • जन आकाश
  • शुक्रबार, मंसिर ८ २०८०

पोखरा । पोखरामा मोटरसाइकलको ठक्करले एक जना पैदल यात्रीको मृत्यु भएको छ । पोखरा ५ मालेपाटनमा १९ प ९३३२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा बाटोमा हिँडिरहेका टंकबहादुर कुमाल मगरको मृत्यु भएको हो ।



दुर्घटनामा गम्भीर घाइते उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक थरबत थापा घाइते छन् । उनको फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend