logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

झापाका कांग्रेस पूर्वसभापति दाहालको निधन


  • जन आकाश
  • मंगलबार, मंसिर १२ २०८०

दमक । नेपाली कांग्रेस झापाका पूर्वसभापति तथा लोकतान्त्रिक आन्दोलनका योद्धा झापा, कमल गाउँपालिका–५ मङ्गलबारे निवासी पूर्णनन्द शर्मा दाहालको आज निधन भएको छ ।



केही दिनयता अस्वस्थ ८८ वर्षीय दाहालको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा आज अपराह्न ४ः३० बजे निधन भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले जानकारी दिए । सो अस्पतालले दाहालको सबै उपचार निःशुल्क गरिदिएको थियो । कांग्रेस झापाका पुराना तथा त्यागी नेताका रुपमा परिचित  भूमिगतकालमा पार्टीको जिल्ला सभापति थिए ।

उहाँले प्रजातन्त्र प्राप्तिका सबै किसिमका आन्दोलनका क्रममा पटकपटक जेलनेलमा परेका थिए । पाँच वर्षअघि जीवनसङ्गीनी गुमाएका दिवङ्गत दाहालका तीन छोराहरु विनोद, प्रमोद, आमोद र एक छोरी प्रमिला छन्। उहाँले पार्टीसँगै स्थानीय सामाजिक सङ्घसंस्थामा समेत योगदान पु-याउँदै आएका थिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend