logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आचार्य समाजद्वारा जाजरकोट रुुकुमका भूकम्पपीडितलाई सहयोग रकम संकलन


  • जन आकाश
  • मंगलबार, मंसिर १२ २०८०

काठमाडौं । आचार्य बन्धु समाज नेपालले जाँजरकोट रुकुमका भूकम्पपीडितका लागि सहयोग गर्न आन्तरिक रुपमा रकम संकलन तीब्र बनाएको छ ।



समाजले रकम संकलनका लागि आचार्य बन्धु समाज नेपालको खाता बिबरणहरु सार्बजनिक गरेको छ ।अहिलेसम्म समाजमा भूकम्पपीडितका लागि सहयोग गर्नेहरुको नामावली रकमसहित समाजले सार्बजनिक गरेको छ । बिश्वभरका कौडिन्य गोत्रीय आचार्यहरुबाट संकलित भूकम्पपीडितको रकम सार्बजनिक गरेको हो । केहीदिनमा नै नेपाल सरकार तथा सरोकारवाला र सुरक्षा निकायसंग सल्लाह गरेर भूकम्पपीडितका लागि सहयोग हस्तान्तरण गर्ने समाजका केन्द्रीय अध्यक्ष बाबुराम आचार्यले बताएका छन् ।

जति सकिन्छ सहयोग गरौं, मानवीय कार्यमा शंका नरौं भन्ने नाराका साथ समाजले पारदर्शी हिसावले संकलन र बितराण कार्य गर्ने केन्द्रीय सदस्य राजहरी आचार्यले बताए । सिंधुली काठमाडौं सम्पर्क समितिका सभापति एबम् सहयोग संकलन समितिका सदस्य अमृत आचार्यले पारदर्शी तरीकाले पीडितलाई सहयोग गरिने हुँदा उक्त अभियानमा सहभागी हुन बिश्वभरका आचार्यहरुलाई आग्रह गरेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend