logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको छ :अध्यक्ष ओली


  • जन आकाश
  • शुक्रबार, मंसिर १५ २०८०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सेना कर्मचारीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाईरहेको बताएका छन् ।



सरकारले अर्थतन्त्र उकास्न कुनै काम नगरेको आरोप लगाउँदै निर्माण ब्यवसायीलाई पैसा नदिएर सरकारले हैरान बनाएको बताए । ‘सत्तासिन गठबन्धनका नेताहरु सरकार कसरी जोगाउने र मन्त्री कसरी हुने । कसले बढी कमाउने र कसले आफन्त बढी पोस्नेमा लागेको छ,’ ‘सरकार सेना र कर्मचारीलाई तलबभत्ता खुवाउन नसकेर आन्तरिक ऋण खोजेर खुवाउन थालेको छ ।’

परिवर्तन उल्टाउनका लागि बिभिन्न कार्यक्रम र गतिविधि गर्दा पनि सरकार मुकदर्शक भएको आरोप लगाएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend