जन आकाश
काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको ३२औँ अन्तराष्ट्रिय दिवस यहि मंसिर १७ गते तदनुसार डिसेम्बर ३ तारिखका दिन संयुक्त राष्ट्रसंघले यस बर्ष तय गरेको अन्तरराष्ट्रिय नारा : (United in action to rescue and achieve the SDGs for, with and by person with disabilities) तथा “दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता” भन्ने राष्ट्रिय मूल नाराका साथ देशभर विविध कार्यक्रम गरि मनाइदै छ ।
काठमाडौमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्री शुरेशराज आचार्यको अध्यक्षतामा गठित मुल आयोजक समितिले तय गरेको कार्यक्रम अनुसार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अगुवाइ र राष्ट्रिय अपाङ्ग महासंघ नेपालको समन्वयमा विहान ८ बजे देखी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका माननीय मन्त्रीको प्रमुख आतिथ्यतामा औपचारीक शुभकामना आदान प्रदान कार्यक्रम हुनेछ ।
अपाङ्गता भएका व्यक्तिहरुको ३२औं अन्तराष्ट्रिय दिवसका अवसरमा देहाय बमोजिमका कार्यक्रमहरु रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend