logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आजको मौसम


  • जन आकाश
  • बुधबार, मंसिर २० २०८०

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै आन्द्र प्रदेश आसपास रहेको ‘MICHAUNG’ थप सामग्री नामक सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको छ ।



हाल कोशी प्रदेश, मधेश प्रदेश साथै देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कोशी, मधेश ,बागमती र गण्डकी प्रदेशमा आंशिक देखी सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशका र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।  कोशी प्रदेशका र मधेश प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-ई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विभागले अनुरोध गरेको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend