logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु  


  • जन आकाश
  • आइतबार, मंसिर २४ २०८०

बुटवल । अर्घाखाँचीमा ट्रक दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।



दुर्घटनामा परी ट्रक चालक नवलपरासी पश्चिम रामग्राम नगरपालिका–१८ बस्ने ३१ वर्षीय सञ्जयकुमार चौधरी र सहचालक भोला कुर्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम रिजालले जानकारी दिए ।

उनका अनुसार गिटी बोकेको ना ६ ख २७३९ नम्बरको ट्रक शीतगङ्गा नगरपालिका– ८ सातमाराको राप्ति पुल नजिकै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जेनस अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक  भएको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend