logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

त्रिभुवन विमानस्थलबाट साढे ६ किलो सुन बरामद    


  • जन आकाश
  • आइतबार, मंसिर २४ २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुनसहित विदेशी नागरिक पक्राउ परेका छन् ।



फ्लाइ दुबईको जहाजबाट शनिबार राति ११ बजेर ५१ मिनेट विमानस्थलमा अवतरण गरेका उनी ६ किलो ५७५ ग्राम सुनसहित पक्राउ परेका हुन् । सुन भन्सारबाट पास भइ बाहिरिसकेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका इजिप्टका नागरिक रहेको बताइएको छ ।

साथै शंकास्पद दुईजना सुडानी नागरिक पनि पक्राउ परेका र उनीहरुमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ । दुई दिनअघि पनि विमानस्थलबाट १४ किलो सुनसहित एकजना पक्राउ परेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend