logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

आजको तरकारीको मुल्य यस्तो छ ?


  • जन आकाश
  • मंगलबार, मंसिर २६ २०८०

काठमाडौं । भारतीयको तुलनामा नेपाली गोलभेडा ३० रुपैयाँ सस्तो रहेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले निर्धारण गरेको मंगलबारको मूल्यसूची अनुसार नेपाली ठूलो गोलभेडा प्रतिकिलो ५०–६० रुपैयाँसम्म प्रतिकिलो रहेको छ भने भारतीय प्रतिकिलो ८०देखि ९० रुपैयाँ रहेको छ ।



सानो (लोकल) गोलभेडा प्रतिकिलो १५ देखि २० रुपैयाँ र टनेलको गोलभेडा १५ देखि २५ रुपैयाँसम्म रहेको छ । तराईको गोलभेडा भने प्रतिकिलो १० देखि १२ रुपैयाँसम्म महँगो रहेको छ । तराईको सानो गोलभेडा प्रतिकिलो २५ देखि ३२ रुपैयाँ रहेको छ ।

रातो आलुको प्रतिकिलो ४५ देखि ४८ रुपैयाँसम्म रहेको छ । सेतो आलु प्रतिकिलो ३५ देखि ४० रुपैयाँसम्म रहेको छ । प्याज सुकेको (भारतीय)  प्रतिकिलो १३५ देखि १४५ रुपैयाँसम्म रहेको छ । बन्दा प्रतिकिलो ३० देखि ४० रुपैयाँसम्म रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend