logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

रामेछापका माझी समुदाय डुंगा संरक्षणमा जुटे


  • जन आकाश
  • बिहिबार, मंसिर २८ २०८०

रामेछाप । कुनै बेला नदी वारपार गर्ने भरपर्दो माध्यमका रुपमा मानिएका काठका डुङ्गा लोप हुन थालेपछि रामेछापका माझी संरक्षणमा जुटेका छन् ।



सडक विस्तार तथा पुलहरु निर्माण भएसँगै माझी जातिको पहिचानका रुपमा रहेको डुङ्गा लोप हुँदै गएपछि यहाँका माझी समुदाय संरक्षणमा जुटेको हुन् । माझी समुदायको संस्कृतिसँग जोडिएको डुङ्गा तार्ने पेसा लोप हुन लगेपछि मन्थली नगरपालिका-७ स्थित सेलेघाटका माझी संरक्षणमा छुटेका छन् ।’

केही वर्षपहिलेसम्म विभिन्न घाट तथा नदी वारिपारि गर्ने ठाउँमा डुङ्गा देख्न सकिन्थ्यो । आजभोलि कतै देखिदैन’, स्थानीय धनबहादुर माझीले भने  सुनकोसी र तामाकोसी नदीको सङ्गमस्थल त्रिवेणीमा धेरै डुङ्गा सञ्चालन हुने भएकाले उक्त ठाउँको नाम सेलेघाट रहन गएको उनले बताए ।

झोलुङ्गे पुल, सडक, यातायातका साधनको पहुँच, स्थायी मोटरेवल पुललगायत पूर्वाधार निर्माण भएसँगै डुङ्गा विस्थापित हुँदै गएका धनबहादुरको भनाइ थियो । पहिले डुङ्गा खियाउने र माछा मार्ने पेसा माझी समुदायको जीविकोपार्जनसँग जोडिएका मुख्य पहिचान भएको स्थानीय शङ्कर माझीले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend