logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

जिपको ठक्करबाट प्रहरी जवानको मृत्यु


  • जन आकाश
  • शुक्रबार, मंसिर २९ २०८०

काठमाडौं । बाँकेमा जिपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ । एक जना सहायक हबल्दार गम्भीर घाइते भएका छन् ।



पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कोहलपुर नगरपालिका ३ मदनचोक नजिकै भे १ च ३४०७ नम्बरको बोलेरो जिपले ठक्कर दिँदा रुकुम पश्चिमको मुसीकोट घर भई कोहलपुरमा कार्यरत प्रहरी जवान ३२ वर्षीय विशाल वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी नारायण डाँगीले जानकारी दिए ।

यसैगरी बर्दियाको बाँसगढी नगरपालिका ५ घर भई कोहलपुरमा कार्यरत ३२ वर्षीय प्रहरी सहायक हबल्दार लालबहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन् । कोहलपुर मेडिकल कलेजमा प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ लगिएको बाँकेका प्रहरी प्रवक्ता डाँगीले जानकारी दिए ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend