logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

काठमाडौंको संस्कृति बोक्दै : काठमाडौं रेजर्सको टिम बस


  • जन आकाश
  • शुक्रबार, मंसिर २९ २०८०

काठमाडौं । काठमाडौं रेजर्सको टिम बस सहरको समृद्ध संस्कृति अभिव्यक्त गर्ने जीवन्त प्रमाणको रूपमा खडा भएको छ । यसमा बनाइएको प्रतीक सम्पदा र विजयको गतिशील संयोजन बनेको छ ।



प्रशिक्षक बालगोपाल महर्जनले प्रतीकमा समेटिएका अलंकारका तहहरू उधिन्दै त्यसका अर्थ खोले, जहाँ काठमाण्डुको समृद्ध इतिहास र टिमको विजय जनाउने तारा र गरुड एकसाथ समेटिएका छन् । यस प्रतीकको केन्द्रमा रहेको गरुडको विश्व सम्पदा स्थल हनुमानढोकामा रहेको प्रतिमासँग गहिरो सम्बन्ध छ। यस प्रतीक काठमाडौंको इतिहासप्रति दृश्यको माध्यमबाट व्यक्त असीम श्रद्धाभाव हो ।

गरुड एक चरा मात्र नभएर काठमाडौंको समृद्ध सम्पदासँगको हाम्रो समर्पण र गहिरो सम्बन्धको जीवित प्रमाण पनि हो । तारा र गरुड सहितको यस प्रतिक इतिहासमै अडिएर बसेको छैन, बरू यो त विजयको जीवित प्रतीकका रुपमा आज पनि उत्तिकै सान्दर्भिक रहेको छ । नेसनल सुपर लिगको उद्घाटन सत्रमा टिमको शानदार जितपछि लोगोमा रहेका तारा सफलताको ज्योति बनिसकेका छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend