logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

माओवादीको पदाधिकारी बैठक बस्दै


  • जन आकाश
  • मंगलबार, पुष ३ २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै छ । बैठक मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्ने माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।



बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन, पार्टीले सन्चालन गरेको जनतासँग माओवादी विशेष अभियान, केन्द्रीय समिति बैठक र पार्टीको विधान सम्मेलनका विषयमा छलफल हुने सापकोटाले बताए । विशेष गरी आगामी ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र आगामी १६ पुसमा समापन हुन लागेको पार्टीको अभियानका विषयमा बैठकमा छलफल हुने उनको भनाइ छ ।

अभियानको समीक्षाका लागि केन्द्रीय समितिको बैठक बोलाउने मिति यो बैठकले तय गर्ने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार एक वर्ष पुगेकाले त्यसको समीक्षा पनि हुने बताइएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend