जन आकाश
काठमाडौं । जय नेपाल इन्टरनेशनल फाउन्डेसनले डिसेम्बर २४, २०२३ (पौष ८, २०८०) को नेपाली समय अनुसार बिहान ०६:४५ बजे च्याप्टरहरूको घोषणा गर्ने कार्यक्रम राखेको छ ।
कार्यक्रम जुम मार्फत भर्चुअल रूपमा हुन् लागेको संस्थाका अध्यक्ष डा. यादव पण्डितले जानकारी दिए । सामाजिक विकासको लागि प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्ने बिच नेटवर्क बनाउँदै जाने उद्देश्यले गत वर्ष विस्कनसिन राज्यमा यसको स्थापना भएको थियो ।
स्थापना पश्चात नेपालमा बद्री अर्यालको संयोजकत्वमा च्याप्टर स्थापना भैसकेको छ भने सातै प्रदेश संयोजक समेत चयन भैसकेका छन् । नेपालमा सिंहदरबारको पूर्वी गेट अगाडी कार्यालय स्थापना गरी फाउनडेशनले आफ्नो कार्य समेत सुरु गरिसकेको छ । जुम मार्फत सञ्चालन हुने च्याप्टर घोषणामा सहभागी हुनको लागि तल उल्लेखित मिटिङ आई डी प्रयोग गर्नु पर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend