logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

अध्यक्ष ओलीले पुस ८ गते विशेष पत्रकार सम्मेलन गर्ने


  • जन आकाश
  • शुक्रबार, पुष ६ २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस ८ गते आइतबार विशेष पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।



एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पुस ८ गते दिउँसो १ बजे तुलसीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनको आयोजना गरिने जानकारी दिए । एमालेले गत मंसिर १४ देखि पुस १ गतेसम्म बैतडीको झुलाघाटदेखि पाँचथरको झुलाभञ्ज्याङसम्म ‘सम्मृद्धिका लागि संकल्प यात्रा’ गरेको थियो ।

सोही यात्राका क्रममा बटुलेका अनुभव, समीक्षा र सन्देशका बारेमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्न अध्यक्ष ओलीसहितका केन्द्रीय पदाधिकारीको उपस्थितिमा विशेष पत्रकार सम्मेलन आयोजना गरिने एमालेले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend