logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

सवारी दुर्घटनामा २ जनाको मृत्यु


  • जन आकाश
  • आइतबार, पुष ८ २०८०

धनगढी । कैलाली र कञ्चनपुरमा भएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।



कैलालीको धनगढी उपमहानगरपालिका-१८ को फूलबारी र कञ्चनपुरको वेदकोट नगरपालिकामा शनिबार भएका दुर्घटना बालकसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वेदकोट नगरपालिका-६ सिसैयामा से१त ८९३० नम्बरको ट्याक्टरको ठक्करबाट बैतडीको दोगडाकेदारका ६ वर्षीय लवचन्दको मृत्यु भएको हो ।

हालवेदकोट नगरपालिका-६ स्थित मामा घरमा बस्दै आएकाचन्दको शनिबार साँझतिर घर नजिकै खेलिरहेको अवस्थामा ट्याक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालकवेदकोट-१० नयागाउँ बस्ने ४५ वर्षीय रामबहादुर खुनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार नै धनगढी-१८ को फूलबारी ई गाँउमा से५प ४७७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक धनगढी-१२ जुगेडा बस्ने २८ वर्षीय पप्पुबहादुर कामीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend