जन आकाश
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि राष्ट्रका नाममा सम्बोधन गर्ने भएकाछन् ।
प्रधानमन्त्री प्रचण्डले देशवासीका नाममा भोलि दिउँसो तीन बजे सिंहदरबारबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा सामाजिक न्यायको प्रत्याभूति र मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन सरकारले एक वर्षका अवधिमा गरेका प्रयासबारे जानकारी दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।
भोलि प्रचण्ड नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा हुँदैछ । गत वर्ष पुस १० मा आम चुनावपछि एमालेलगायतका दलहरूको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको हो । तर, राष्ट्रपतिको निर्वाचनका विषयमा एमालेसँग कुरा नमिलेपछि फागुनमा उहाँले नेपाली कांग्रेससँग सत्ता साझेदारी गरे ।
सुरुको सत्ता साझेदार दलहरू एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा अहिले विपक्षमा छन् भने कांग्रेस सत्ता साझेदार बनेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend