logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन तीन दलका शीर्ष नेताहरु सकारात्मक


  • जन आकाश
  • मंगलबार, पुष १० २०८०

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष नेताहरु सकारात्मक देखिएका छन् ।



सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शिर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भएको र पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताए ।

भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने सहमति शिर्ष नेताहरुमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रश्तुत हुने बताए । सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रश्तुत गर्ने सहमति करिव करिव जुटेको बताए ।

‘शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेष गरी तीन दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भयो । पीडितमैत्री कानून बनाउने हो भने तत्काल अघि बढोस् । आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने हो भने नेकपा एमाले यही कुरा भनिरहेका छौँ । सरल ढंगले अघि बढ्छ । सकारात्मक निस्कर्ष भनेको आगामी संसदको अधिवेशन विषय लैजाने र केही दिनमा पुनः शिर्ष नेताहरुको छलफल हुने भन्ने निस्कर्ष छ ।

विषय खुलेको छ । भिक्टिम सेन्ट्रिक कानून बनाउने कुरामा सरकार तयार छ, सकारात्मक ढंगबाट अघि बढ्ने अवस्था देखिएको छ ।’ सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रश्तुत गर्नका लागि शिर्ष नेताहरु एकजुट भइ संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताए ।

 

 

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend