logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

चालिस हजार गाँजाको बिरुवा नष्ट


  • जन आकाश
  • शुक्रबार, पुष १३ २०८०

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँमा लुकाई छिपाई रोपिएका ४० हजार गाँजाको बिरुवा प्रहरीले नष्ट गरेको छ ।



जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट बिहीबार खटिएको टोलीले करिब चार बिगाहा क्षेत्रफलमा लगाइएको ती बिरुवा फँडानी गरेको हो । कार्यालयका प्रहरी उपरीक्षक प्रकाश मल्लले बहेडाको वनमा लुकाई छिपाई गाँजा खेती गरिएको भन्ने सूचनाका आधारमा २५ जनाको प्रहरी टोली खटिएर गाँजा उखेलेर नष्ट गरेको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend