logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

२४ हजार रुपैयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ


  • जन आकाश
  • शुक्रबार, पुष १३ २०८०

काठमाडौं । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४, गोकर्ण हुनमान चोकबाट २४ हजार रुपयाँ बराबरको नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।



जिल्ला प्रहरी परिसर, काठमाडौंले एक हजार दरको नोटसहित काँडाघारी बस्ने ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो । नक्कली नोट कारोबार भइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend