जन आकाश
काठमाडौं । भारतमा आईभीएफ अस्पतालहरूको अग्रणी नेटवर्कको रूपमा मान्यता प्राप्त इन्दिरा आईभीएफले नेपालका लागि काठमाडौंमा पनि आफ्नो केन्द्र खोल्ने घोषणा गरेको छ ।
भारतमा प्रजनन सम्बन्धी समस्याका लागि अत्याधुनिक समाधानहरू प्रदान गर्ने संस्थाहरुमध्ये अग्रपंक्तिमा रहेको इन्दिरा आईभीएफ आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्ने समर्पणका साथ नेपालमा प्रवेश गरेको छ ।
नेपालमा एउटा केन्द्र स्थापना गर्ने निर्णय यस क्षेत्रका धेरै व्यक्तिहरूलाई सताउने बाँझोपनको सामना गर्ने तत्कालको आवश्यकता बोधबाट उत्पन्न भएको हो । तथ्यांक र प्रमाणहरूले विगत केही वर्षहरूमा नेपालको प्रजनन दरमा लगातार गिरावट आएको सङ्केत गर्छ । सन् २०२३ मा यो दर प्रतिमहिला १.७९९ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा १.४८५ले कमि हो ।
बृहत् अध्ययनहरूले बाँझोपनसँग लडिरहेका नेपाली परिवारहरूले सामना गरिरहेका गम्भीर आर्थिक तनावदेखि सामाजिक बहिष्करण, हिंसाका घटना र उचित मृत्युसंस्कार समेत प्राप्त नहुने जटिल चुनौतीहरूलाई उजागर गरेको छ ।
नेपालमा स्वास्थ्य सेवाको यात्रा सुरु गर्दै इन्दिरा आईभीएफ यस क्षेत्रलाई बलियो रूपमा जकडेको बाँझोपनका गम्भीर चुनौतीहरूको सामना गर्न दृढ छ । बाँझोपनको भावनात्मक पक्ष यसै महङ्गो छ भने मार्मिक वास्तविकता यो पनि छ कि धेरै नेपाली दम्पतीहरू गुणस्तरीय उपचारको लागि भारत जान बाध्य छन् ।
यो कठिन यात्राले उनीहरूको आर्थिक बोझ र व्यवधानहरू मात्र बढाउँछ । हामी नेपालका मानिसहरूले बाँझोपनको सामना गर्दा भोग्ने विशेष कठिनाइहरू बुझ्दछौं । एक चिकित्सा अवस्थाको रूपमा बाँझोपनको बारेमा जागरूकताको कमी र मद्दतको लागि सही ठाउँहरू छनौट गर्न वा फेला पार्न गाह्रो हुनु पनि यसका समस्या हुन् ।
इन्दिरा आईभीएफ नेपाल केन्द्रकि प्रमुख तथा आईभीएफ विशेषज्ञ डा. नेहा हुमागाईले जोड दिए । , “नेपालमा बाँझोपनको प्रभाव गहिरो हुन्छ । यसको असर गर्भधारण गर्न असक्षमताको स्थिती मात्र नभई त्योभन्दा धेरै टाढासम्म फैलिएको हुन्छ । यस्तो अवस्थामा दम्पतिहरूले ठूलो पीडा अनुभव गर्छन्, बहिष्करण र अक्षमताको महसुस गर्छन् । सन्तानविहीन हुनुको असर पश्चिमी समाजको तुलनामा विकासोन्मुख राष्ट्रहरूमा बढी नै हुने गर्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend