logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

बालकुमारी घटनामा मृतकका परिवारलाई आर्थिक क्षतिपूर्तिसहित रोजगारीको बन्दोबस्त गर्ने


  • जन आकाश
  • सोमबार, पुष १६ २०८०

काठमाडौँ । कांग्रेस सांसद हृदयराम थानीले बालकुमारी घटनामा परी ज्यान गुमाएका परिवारलाई आर्थिक क्षतिपूर्तिसहित रोजगारीको बन्दोबस्त गर्न सुझाव दिएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूसँगको छलफलमा सांसद थानीले राहतका साथै रोजगारीको व्यवस्था गर्न सुझाव दिएका हुन् ।



‘बालकुमारी घटनामा मृतकका परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकहरू कहाँ जाँदै थिए ,रोजगारीका लागि जाँदै थिए । आमा, बाबु, दिदीबहिनी पाल्नुपर्ने भनेर जान लागेका उनीहरूलाई दिइएको १०र२० लाख मासिन सक्छ,’ उनले सरकार र सम्बन्धित निकायले दिने राहत अपुग हुने बताए ।

‘उनका परिवारलाई तत्काल रोजगारीको व्यवस्था गरियोस् भन्ने कुरा गृहमन्त्रीलाई भन्न चाहन्छु’, सांसद थानीको भनाइ छ । साथै उनले बालकुमारी घटनामा मन्त्रीजस्तो व्यक्तिलाई धकेल्ने र गाडी जलाउने अवस्था किन र कसरी आयो भनेर प्रश्न समेत गरे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend