logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

इजरायलको ड्रोन आक्रमणमा हमासका एक कमाण्डर मारिए


  • जन आकाश
  • बुधबार, पुष १८ २०८०

काठमाडौं । इजरायलले गरेको ड्रोन आक्रमणमा परी हमासका एक जना शीर्ष नेता मारिएको लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका छन् ।



समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको आक्रमणबाट हमासका एकजना कमाण्डर सालेह अल-अरुरी मारिएको भनेर लेबनान र प्यालेस्टिनी सुरक्षा स्रोतले दाबी गरेका हुन् । तर इजरायलले भने यो समाचारको पुष्टि गरेको छैन । यसबारे इजरायली सेनालाई सोध्दा विदेशी मिडियामा आएका खबरको जवाफ नदिने बताएको रोयटर्सले जनाएको छ ।

हमासले भने एल-अक्सा रेडियोमार्फत अरुरीको हत्या भएको पुष्टि गरेको छ । हमासका पोलिट ब्युरो सदस्य इज्जत अल-शार्कले यसलाई ‘कायरतापूर्ण हत्या’ भनेका छन् । बेरुतमा मारिएका सालेह अल अरुरी हमासको पोलिट ब्युरो सदस्यहरुमध्ये वरिष्ठ नेता हुन् । अरुरीमाथि अमेरिकाले पाँच मिलियन डलर इनाम घोषणा गरेको थियो ।

उनी हमासको सैन्य विङ्ग र कासिम ब्रिगेडको संस्थापकमध्येका एक हुन् । यही कासिम ब्रिगेडले गत ७ अक्टुबरमा इजरायलमा भीषण आक्रमण गरेको थियो । त्यसै दिनदेखि इजरायलले हमासलाई समाप्त पार्ने भन्दै सैन्य कारबाही जारी राखेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend