logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

मेयर बालेनद्वारा सचिवालय प्रमुखसहित तीन कर्मचारी निलम्बित


  • जन आकाश
  • बुधबार, पुष १८ २०८०

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित तीन जना कर्मचारीलाई निलम्बन गरिएको छ ।



प्रमुख शाहको सचिवालय प्रमुख नुरनिधि न्यौपानेसहित स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेल र सम्पदा तथा पर्यटन विभागकी वरिष्ठ शाखा अधिकृत भगवती बिडारी निलम्बनमा परेका हुन् । नगर कार्यपालिकाले गरेको निर्णय आफुखुसी परिवर्तन गराएको पाइएपछि उनीहरुलाई निलम्बन गरिएको हो ।

नगर सभाले पाँच जना कार्मचारीको करार अवधि थप गर्ने निर्णय गरेकोमा वरिष्ठ शाखा अधिकृत बिडारीकी छोरीलाई जागिर खुवाउन उक्त निर्णय दुई पटक फेरबदल गरेर छोरीको नाम समेत घुसाएको आरोप छ । नगरसभाले ५ जना कर्मचारीको करार सेवा अवधि थप गर्ने निर्णय गरेको थियो । तर, उक्त निर्णय फेरेर ५ जनाको ठाउँमा एक जना थपेर ६ जना बनाइएको स्रोतले बताए ।

बैठककै निर्णय उल्टाएको सम्बन्धमा प्रश्न उठेपछि थप अनुसन्धान गर्न उनीहरु निलम्बनमा परेका हुन् । अहिले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी शिक्षा विभाग प्रमुख सीताराम कोइरालालाई दिइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend