जन आकाश
ललितपुर । ललितपुरको जावलाखेलमा रहेको एक इनारमा खसेका व्यक्तिको सकुशल उद्धार गरिएको छ । जावलाखेलको कुसुन्ती स्थित एक घरको कम्पाउण्डमा रूख काट्ने क्रममा लडेर ३५ फिट गहिरो इनारभित्र खसेका ४० वर्षीय रामशरण सापकोटाको ललितपुर नगर प्रहरीले सोमबार साँझ सकुशल उद्धार गरेको हो ।
सापकोटालाई बन्जीजम्पमा प्रयोग गरिने डोरी र क्लिपको सहयोगमा इनार बाहिर निकालिएको उनले बताए । इनारनजिकको रुख काट्ने क्रममा सापकोटा इनारमा खस्न पुगेका थिए । इनारमा रहेको पाइपमा समाएर टाउको पानीमाथि निकालेको बसेको र नगर प्रहरी तत्काल घटनास्थल पुगेकोले उनको जीवितै उद्धार सम्भव भएको बताए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend