logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

पोखरा महोत्सव आजदेखि


  • जन आकाश
  • बिहिबार, पुष २६ २०८०

पोखरा । पोखरामा आजदेखि बाह्रौँ संस्करणको पोखरा महोत्सव हुँदै छ । युनाइटेड क्लबको आयोजनामा माघ ८ गतेसम्म महोत्सव गर्न लागिएको हो । महोत्सव दिउँसो १ बजे प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नेछन् ।



महोत्सव उद्घाटन पूर्व पोखरा रङ्गशालाबाट महोत्सव स्थल अमरसिंह मैदानसम्म झाँकी र र्‍याली प्रदर्शन गरिनेछ । महोत्सवको पुर्वसन्ध्यामा पोखरामा कार र्‍याली निकालिएको थियो । क्लबले महोत्सव मार्फत समाजसेवा गर्दै आएको छ । पोखरामा चिडियाखाना निर्माणदेखि सरसफाइ र छात्रवृत्ति कार्यक्रममा समेत क्लबले सहयोग गर्दै आएको छ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend