logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालयन लघुवित्तकोे बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • बिहिबार, पुष २६ २०८०

काठमाडौं  । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड हिमालयन बैंक लिमिटेडको सहायक कम्पनीको बाह्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।



बुधबार काठमाडौंमा सम्पन्न भएकोे साधारण सभामा वित्तीय संंस्थाका अध्यक्ष बिजयमान नकर्मीको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत विनोद आचार्यले स्वागत मन्तव्य राखेका थिए ।

सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन लगायतका प्रस्तावहरु पारित गरेको छ । सभामा, वित्तीय संस्थाका अध्यक्ष बिजयमान नकर्मीले लघुवित्तको क्षेत्रमा प्रतिकूल अवस्था रहेता पनि आगामी दिनमा आफ्ना ग्राहकलाई अझ गुणस्तरीय सेवा उपलब्ध गराउँदै सेयर धनी महानुभावहरुको अपेक्षा पुरा गर्न संस्था कटिबद्ध रहेको कुरा व्यक्त गरे ।

उनले संस्थाको लक्ष्य प्राप्तिका लागि सम्पूर्ण सेयर धनीमहानुभावहरु र नियामक निकायहरुको साथर सहयोगको अपेक्षा सहित उपस्थित महानुभावहरु प्रतिआभार व्यक्त गर्दै साधारण सभा सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग भएकोमा सम्पूर्णमा धन्यवाद समेत प्रकट गरे ।

राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको यस वित्तीय संस्थाले हालसम्म ७५ शाखाकार्यालयहरु मार्फत ७६ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै रु. ४ अर्ब ४० करोड भन्दा बढी लगानी गरेकोे छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend