logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने


  • जन आकाश
  • आइतबार, पुष २९ २०८०

काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो ।



सभाले ७३.१००को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले सञ्चालक समितिकोे निर्विरोध चयनपनि गरेको छ । गाभिने सम्बन्धमा दुई संस्थाबीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो ।

सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारण सभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend