logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

आइएमई पे एपमा रु.१ को खेल -उपहार स्वरुप अल्टिमा लाईफस्टाईलको प्रडक्टहरु


  • जन आकाश
  • आइतबार, माघ ७ २०८०

काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे ” ले यहि माघ महिना देखि आफ्नो एपमा “अहिले नखेले कहिले ” नामक रु. १ को खेल सार्वजनिक गरेको छ ।



यस अघि पनि आफ्नो एप भित्र यसरी विभिन्न किसिमको खेल गर्दै आइरहेको आइएमई पेले यस संस्करणमा अल्टिमा लाईफस्टाईलसँग आवद्ध भइ रु.  १ खेल सुरु गरेको छ साथै खेलको उपहार स्वरुप १० वटा अल्टिमाको प्रडक्टहरु राखेको छ ।

आइएमई पे एपका प्रयोगकर्ताहरूले रु.१ मा आफुलाई मन पर्ने प्रडक्ट छानेर सो खेल खेल्न सक्नेछन् । यस अतिरिक्त अल्टिमाले नेपाली बजारमा ल्याइएको नयाँ प्रडक्ट-अल्टिमा बुम १६१ क्यु मा पनि आइएमई पेल मार्फत खरिदमा छुट दिने जानकारी सार्वजनिक गरेको छ साथै प्रयोगकर्ताहरूले दराज एपबाट माघ ४ २०८० देखि माघ ८ २०८० सम्म अल्टिमा बुम १६१ क्यु खरिद गर्दा आइएमई पेबाट भुक्तानीमा १५५ अतिरिक्त छुट (रु. १५० सम्म) पनि प्राप्त गर्न सक्नेछन्  ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend