logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालयन एभरेष्ट इन्स्योरेन्सको तीसौं वार्षिक साधारण सभा सम्पन्न


  • जन आकाश
  • शुक्रबार, माघ २६ २०८०

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लि. ले आज माघ २५, २०८० मा आफ्नो तीसौं वार्षिक साधारण सभा सौहाद्रपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न गरेको छ ।



वानेश्वर थापागाउँ, स्थित वानेश्वर ब्याङक्वेटमा सम्पन्न उक्त साधारण सभामा शेयरधनीहरुको उल्लेख्य उपस्थिति थियो । विषम आर्थिक परिस्थितिको वाबजुद पनि कम्पनीले उल्लेख्य नाफा रु.४४ करोड ८५ लाख आर्जन गरी शेयधनीहरुलाई ६.३७ प्रतिशत बोनश शेयर र नगद लाभांश ८.६३ प्रतिशत गरी कुल १५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय भएकोमा शेयरधनीहरुबाट खुशी ब्यक्त गर्दै कम्पनीको उत्तरोत्तर प्रगतिको कामना गरिएको थियो ।

संचालक समितिका अध्यक्ष महेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा संचालित उक्त कार्यक्रममा संचालकहरु, प्रमुख कार्यकारी अधिकृत  विजयबहादुर शाह, कम्पनीका वरिष्ठ अधिकृत तथा अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको अध्यक्ष  महेन्द्र कृष्ण श्रेष्ठले साधारण सभामा शेयरधनी महानुभावहरुले राख्नु भएको जिज्ञासा तथा सुझावहरुको जवाफ दिएका थिए । मर्जर पछिका विभिन्न व्यवधानहरुको सामना गर्दै कम्पनीले हासिल गरेको उल्लेख्य प्रगति र चालु आर्थिक वर्षका सुचांकहरु समेत उत्साहजनक रहेकोले कम्पनीको नेतृत्व तथा सम्पूर्ण टिम प्रति अभार प्रकट गरिएको थियो ।

यसै क्रममा कम्पनीका तर्फबाट राखिएका विभिन्न प्रस्तावहरु पारित गरी कम्पनीको तीसौं वार्षिक सभा सम्पन्न गरियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend