logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पशुपति क्षेत्रमा मासु, मदिरा र नशालु पदार्थ बेच्न निषेध


  • जन आकाश
  • मंगलबार, फाल्गुन २२ २०८०

काठमाडौँ । शिवरात्रिको अवसरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले पाशुपति क्षेत्रभित्र मासु, मदिरा र नशालु पदार्थ बेच्न रोक लगाएको छ । फागुन २५ मा मनाइने महाशिवरात्रि पर्वलाई अनुशासित र मर्यादित बनाउन फागुन २३ बाट २७ गतेसम्म सो क्षेत्रमा नशालु पदार्थ र मासु सेवन, ओसारपसार र भण्डारण गर्न निषेध गरेको छ ।



जिल्ला प्रशासन कार्यालय काठमाडौँले जारी गरेको सूचना अनुसार गौशाला–मित्रपार्क सडक, पशुपति मन्दिरको पूर्व–पश्चिम, तिलगंगा क्षेत्र, मित्रपार्कक्षेत्र र गुहेश्वरीबाट दक्षिण भित्रका सबै भागमा मदिराजन्य पदार्थ र अन्य नशालु पदार्थ बेच्न रोक लगाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend