logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिने बस स्थानीयले जलाए


  • जन आकाश
  • सोमबार, फाल्गुन २८ २०८०

जनकपुरधाम । सर्लाहीमा साइकल यात्रीलाई ठक्कर दिएपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् ।



मलंगवातर्फ जाँदै गरेको ग२ ख १४४० नम्बरको बसले कविलासी नगरपालिका १० सलेमपुरमा स्थानीय जुगल महतोलाई साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट जुगल गम्भीर घाइते भएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका हुन् ।

महतो तत्काल उद्दार गरेर प्रादेशिक अस्पताल मलंगवामा उपचारका लागि लगिएको थियो । प्रादेशिक अस्पतालले रेफर गरेपछि उनलाई अहिले ग्वार्कोस्थित विएण्डबी अस्पतालमा भर्ना गरिएको सर्लाहीका प्रहरी प्रमुख एसपी दयानिधि ज्ञवालीले बताए । प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend