जन आकाश
रौतहट । रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी गस्ती टोलीले विशेष सूचनाको आधारमा १५ किलो भन्दा बढी लागुऔषध गाँजा सहित एक जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरी टोलीले चन्द्रपुर नगरपालिका १ नुनथर स्थित बोरा बोकेर सिन्धुलीबाट पौराई तर्फ गईरहेका चन्द्रपुर १ का वर्षका ३७ को साने भन्ने सन्त तामाङलाई चेकजाँचको क्रममा अवैध लागु औषध गाँजा १५ किलो ४०० ग्राम सहित सोमबार साँझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् ।
उनको साथबाट भिभो कम्पनीको मोबाइल १ थान, नगद ४० हजार बरामद भएको तथा आवश्यक कारबाहीको लागी इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको नियन्त्रणमा राखी अनुसन्धान भईरहको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend