logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

व्यवसायीले जमिन खाली गर्न अटेर गरेपछि नगरप्रमुख एक्सनमा


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०८०

सुर्खेत । सार्वजनिक सूचना निकालेर संरचना भत्काउन अनुरोध गरेपनि व्यवसायीहरूले अटेर गरेपछि आज वीरेन्द्रनगर नगरपालिकाले डोजर चलाउने भएको छ । वीरेन्द्रनगर नगरपालिका–६, को हङकङ बजार, हटियालाइन र गोदामलाइन क्षेत्रमा नगरप्रमुख मोहनमाया ढकालले डोजर चलाउने भएकी हुन् ।



त्यसका लागि नगरपालिकाले आवश्यक तयारी गरिरहेको छ । ११ बजेतिर उक्त क्षेत्रमा डोजर लिएर जाने र संरचना भत्काउने तयारी भइरहेको नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले जानकारी दिए ।

माघ १७ गते नगरपालिकाले उक्त क्षेत्रमा व्यापारीहरूलाई आफ्ना संरचना भत्काई त्यहाँबाट हट्न अनुरोध गरेको थियो । नगरपालिकाले निकालेको सूचना फागुन २३ गते सकिएको छ । त्यसपछि मंगलबारसम्म समयावधि तोकिएको थियो । तर, व्यवसायीहरू संरचना हटाउनुको साटो आन्दोलनमा उत्रिएका छन् । नगरपालिकाले पटक–पटक संरचना हटाउन आग्रह गरेपनि अटेर गरिरहेकाले आज नगर आफैँले भत्काइदिने गरी एक्सनमा उत्रिएको हो ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend