logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु


  • जन आकाश
  • बुधबार, फाल्गुन ३० २०८०

काठमाडौं । चीनको हुबेई प्रान्तमा भएको विष्फोटमा एक जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।



बुधबार बिहान स्थानीय समय अनुसार ७ बजेर ५४ मिनेट जाँदा हुबेई प्रान्तको सान्हे शहरस्थित यान्जियाओमा रहेको एक भोजनालयमा विष्फोट भएको थियो । चिनियाँ अधिकारीहरुले प्रइड चिकेन सपमा ग्यास लिक भएर विष्फोट भएको र सो विष्फोटमा परी एक जनाको मृत्यु भएको जानकारी दिएको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्लोबल टाइम्सले सेयर गरेको विष्फोटको भिडियोमा आगो र धुवाँको मुस्लो उठेको देखिन्छ । घटना लगत्तै आपत्कालीन सेवाको टोली विष्फोटस्थलमा परिचालित भएको थियो । घाइतेहरुको उपचार अस्पतालमा जारी छ ।

 

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend