logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

कार प्लस सुविधा


  • जन आकाश
  • मंगलबार, बैशाख २५ २०८१

काठमाडौं— विगत ५ वर्षदेखि राइड सेयरिङ सुविधा दिइरहेको पठाओ नेपालले सोमबारदेखि कार प्लस सुविधा सुरू गरेको छ । कम्पनीले पठाओ कार (ट्याक्सी) भित्र नै कार प्लसको फिचर थप गरेको हो ।



पठाओले प्रिमियम राइड लिन चाहने ग्राहकहरूका लागि यस्तो फिचर्स ल्याएको हो । नयाँ फिचर्स कुनै पनि पठाओ कार राइड बुक गर्ने बेला रोज्न सकिने कम्पनीले जनाएको छ

कार प्लसका गाडीहरू राम्रोसँग मेन्टेन गरिएका, एसी सहित फराकिलो सिट सुविधा सहित हुने पठाओ नेपालका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए । यो फिचर हालको लागि काठमाडौँ उपत्यकामा मात्र लागु गरिएको र बाँकी सहरहरूमा समयअनुकूल विस्तार गरिने बस्न्यातको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend