logo बुधबार, भाद्र २४ २०८३ | Wednesday 9th September 2026

हिमालयन लघुवित्तद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पत्र


  • जन आकाश
  • आइतबार, असार २४ २०८१

काठमाडौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो स्थापनाको १२औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रम सम्पन्न गरेको छ ।



वित्तीय संस्थाले शुक्रबार प्रत्येक वर्ष देशका विभिन्न स्थानमा विविध कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाउदै आएकोमा यस वर्ष पनि विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा अध्ययनरत करिब ८४५ जना बिपत्र छात्राछात्रहरुलाई शैक्षिक सामग्रीहरु वितरण गरेको छ ।

कार्यक्रम अन्तर्गत झापा जिल्लाको प्रसिद्ध पाउ पाथिभरा मन्दिर तथा कपिलवस्तु जिल्लाको प्रसिद्ध जगत्र देवी मन्दिर परिसरमा तिर्थालुहरुको लागि विश्रामस्थलमा बेन्च, मन्दिरमा घण्टी, डस्टवीन र ¥याक सहयोग गरी संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रमहरु सम्पत्र गरी १२औं वार्षिकोत्सव हर्षोल्लासका साथ मनाएको हो ।

राष्ट्रियस्तरको कार्यक्षेत्र भएको यस संस्थाले ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजारभन्दा बढी सदस्यहरुलाई लघुवित्तीय सेवाहरु प्रदान गर्दै करिब रु. ९२ करोड बचत संकलन गरी करिब रु. ३ अर्ब ८७ करोड लगानी गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend