logo बिहिबार, भाद्र २५ २०८३ | Thursday 10th September 2026

पत्रकार महासंघ निर्वाचनमा मतदान जारी


  • जन आकाश
  • शुक्रबार, मंसिर २८ २०८१

काठमाडौं। जिल्ला, प्रदेश र केन्द्रीय कार्यसमितिका लागि एकैचोटी मतदान भएको हो। शुक्रबार बिहान १० बजेदेखि मतदान सुरू भएको हो भने अपराह्न ४ बजेसम्म मतदान
गर्न पाइनेछ।



नेपाली कांग्रेसनिकट प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारीबीच गठबन्धन भएको छ भने नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले अध्यक्षमा युनियनका रमेश विष्टलाई समर्थन गरेका छन्।

चुनावी मैदानमा अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाबीच प्रतिस्पर्धा भइरहेको छ।
कांग्रेस र एमालेले पत्रकार महासंघ चुनावमा जिल्ला जिल्लामा विज्ञप्ति निकालेर गठबन्धनका उम्मेदवारका पक्षमा भोट दिन अपिल गरेका छन्।

भक्तपुर, चितवन र मकवानपुरलगायत जिल्लामा कांग्रेस र एमालेले संयुक्त विज्ञप्ति जारी गर्दै गठबन्धनका उम्मेदवारका पक्षमा भोट हाल्न आग्रह गरेका हुन्।
महासंघको वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोसन पुरीले उम्मेदवारी दिएका छन्।

महिला उपाध्यक्षमा गङ्गा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उमिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन्।
केन्द्रीय समिति, १० प्रदेश समिति र लगभग सबै जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा नयाँ नेतृत्व चयन गर्न निर्वाचन भएको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend