जन आकाश
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने बताएका छन् ।
जनकपुरमा सोमबार पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अहिलेसम्म
जनता समाजवादी पार्टी नेपाल अध्यादेशबारे अडानमै रहेको बताउँदै उनले राष्ट्रिय सभाबाट अध्यादेश पारित नहुने दाबी गरेका हुन् ।
‘जसपा अध्यादेशबारे अहिलेसम्म अडिएको छ । मलाई जहाँसम्म लाग्छ
उहाँहरु खाली सरकारको निम्ति जानुहुन्छ भन्ने मलाई लाग्दैन’, उनले भने,
‘उहाँहरुले आफ्नो अडान छोड्नु भएन भने राष्ट्रिय सभाबाट अध्यादेश पारिन नहुने स्थिति बन्दैछ ।
अहिले संसदमा पेस भएका अध्यादेशहरु अघि बढ्न नसकी रोकिएको
बताउँदै प्रचण्डले सरकारसँग दुई तिहाइ नभएको पनि पुष्टि भएको बताए ।
‘अहिले अध्यादेश प्रस्तुत भएपछि रोक्नुपर्ने बाध्यता के भयो भने उनीहरुसँग
दुई तिहाई छैन भन्ने देखिंदैछ’, उनले थपे, ‘त्यसकारण बहुमत पुर्याउन पनि उनीहरुलाई गाह्रो भाछ, राष्ट्रिय सभामा ।
उनले संसद बोलाउनुभन्दा केही दिनअघि मात्रै अध्यादेश ल्याउनु नै गलत भएको बताउँदै भूमिसम्बन्धी अध्यादेश झन् गलत भएको बताए ।
संसद बोलाउने बेला अध्यादेश ल्याउनुले सरकार कति कमजोर छ भन्ने पनि प्रमाणित भएको उनको भनाइ छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend